बैशाख ३०, २०८२ मंगलबार

झापामा नेकपा समाजवादीका अध्यक्ष रेग्मीलाई साधारण कार्यकर्ताको मात्रै साथ

बिर्तामोड । माधवकुमार नेपालले नयाँ दल नेकपा एकिकृत समाजवादी पार्टी दर्ता गरेपछि कम्युनिस्ट विचार भएका सबैलाई पार्टीमा आउन अपील गरेका छन् । उनले दल दर्ताको प्रमाण पत्र पाएको भोलीपल्टै पत्रकार सम्मेलन गरेर नयाँ पार्टीमा आउन आव्हान गरे ।
नेकपा एमालेका अध्यक्ष केप िशर्मा ओली विरुद्धको गठबन्धनमा नेपाललाई मुख्य भूमिकामा रहेर साथ दिने प्रभावशाली नेताहरु नै एमालेमा रहेपछि केन्द्रमा नेपाल एक्लिए जस्तै झापामा पनि उनका अध्यक्ष एक्लो हुने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरु नेकपा एमालेमा रहेपछि झापामा माधव नेपाल समूहको पार्टीमा अध्यक्ष बनेका बेदराज रेग्मी उक्लो हुने अवस्थामा पुगेका छन् ।

नेपाल समूहका लागि प्रदेश १ मै प्रभावशाली मानिने झापाका रविन कोइराला र नरेश खरेलले समेत साथ छाडेपछि रेग्मी राजनीतिक विचल्लीमा परेका छन् । उनलाई झापामा साथ दिने केहि साधारण कार्यकर्ता बाहेक कोहि नरहेको बुझिएको छ ।
कोइराला एमालेमै रहने भएपछि उनी समर्थक नेता कार्यकर्ता नेकपा समाजबादीमा नजाने अडान राख्दै आएका छन् । केहि व्यक्तिलाई फकाएर आफ्नो पार्टीमा ल्याउन प्रयत्न गरे पनि रेग्मीले पार लगाउन नसक्ने जानकारहरु बताउछन् ।

गत हप्ता झापामा माधव समूहको जिल्लास्तरी अगुवाको बैठक बसेको थियो । सो बैठकमा समानान्तर कमिटीका अगुवालाई मात्र खवर गरिएको थियो । नयाँ दल दर्ता र झापाको अवस्थाबारे आयोजना गरिएको बैठकमा नरेश खरेल पनि सहभागी थिए । उनलाई बैठकको एजेण्डा छलफल मात्र भन्दै बोलाइएको थियो । तर, बैठकमा निमन्त्रणा नगरिएका व्यक्तिहरुले एमालेमा बनेको समानान्तर कमिटीलाई तुरुन्त नेकपा समाजबादीमा परिणत गरेर सोही किसिमको माइनट लेख्न दवाव दिए । खरेलले पार्टी फुटाउने कुरा ठिक नहुने र एमालेमै बसेर संघर्ष गर्न उपुक्त हुने बताउँदा निमन्त्रणा नगरि आएका साधारण कार्यकर्ताहरुले त्यस्तो नहुने भन्दै दवाव दिए । बैठकमा खरेलले आफुमाथि अपमान भएको महसुस गरेका थिए ।

जिल्लामै नेपाल समूहको नेतृत्व गर्ने कोइराला र खरेल नै रेग्मीहरुसँग नरहेपछि झापामा नेपाल समूह शून्य नजिक पुगेको एमाले नेताहरु बताउँछन् । चन्द्रागिरी पुगेका तर सनाखतबाट भागेका भास्कर काफ्ले पनि एमालेकै रहने भएपछि माथिल्लो तहका नेता बिहीन नेकपा समाजवादी हुने भएको छ ।

प्रकाशित मिति : भाद्र ११, २०७८ शुक्रबार  १ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]