बैशाख ३०, २०८२ मंगलबार

कांग्रेस सभापतिहरुले अनसन तोडे

काठमाण्डाै – माग सम्बोधन हुने भएपछि चार दिनदेखि रिले अनशनमा रहेका कांग्रेसका जिल्ला सभापतिहरूले अनशन तोडेका छन् । हिजो बेलुका बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले जिल्ला सभापतिहरूको माग सम्बोधन गर्ने निर्णय गरेको थियो ।

कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलका नेताहरूले केन्द्रीय कार्यालय सानेपामा पुगेर माग सम्बोधन गर्ने सहमति गरेपछि अनशन तोडिएको हो ।  संस्थापन पक्षले मनोमानी ढङ्गले सदस्यता थप गरेको भन्दै नामावली सार्वजनिक गरेर त्यसमा थपघट गर्ने मौका दिनुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरू अनशनमा थिए ।

सहमतिसँगै क्रियाशील सदस्यता विवाद टुङ्गिएको र अब १४ औँ महाधिवेशनमा केन्द्रित हुने जिल्ला सभापतिहरूले बताएका छन् । यस्तै विवाद समाधान भएसँगै आउँदो १८ गतेदेखि हुने भनिएको पालिकास्तरीय अधिवेशन हुने पनि निश्चित भएको छ ।

वडाले क्षेत्रीय प्रतिनिधि चयन गर्ने र तीनै क्षेत्रीय प्रतिनिधिले केन्द्रीय महाधिवेशनका मतदाता चयन गर्ने भएकाले पालिकास्तरीय अधिवेशनमा केन्द्रीय नेताहरुकै चासो धेरै छ ।  यस्तै, कांग्रेसले भोलिसम्ममा  ७७ वटै जिल्लाकै क्रियाशिल सदस्यताको नामावली सार्वजनिक गर्ने तयारी गरेको छ ।

हिजोसम्ममा ५३ जिल्लाको सदस्यताको नामावली सार्वजनिक भइसकेको छ । क्रियाशील सार्वजनिक भइसकेका जिल्लामा निर्वाचन अधिकृत पनि खटाइसकिएको पनि कांग्रेसले जनाएको छ । कांग्रेसलाई भदौ २३ भित्रै वडा अधिवेशन गर्नुपर्ने बाध्यता छ । कांग्रेसको केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाण्डौमा हुनेछ । 

प्रकाशित मिति : भाद्र १३, २०७८ आईतबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]