मेची सहकारीको अध्यक्षमा पुनः भट्टराई
दमक – मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दमकको २५ औं वार्षिकोत्सव तथा २७ औं साधारणसभाबाट अध्यक्षमा नारायणप्रसाद भट्टराई चयन भएका छन् ।
शनिबार संस्थाको सभाहलमा सम्पन्न छैटौ कार्यकालको निर्वाचनबाट अध्यक्षमा नारायणप्रसाद भट्टराई, वरिष्ठ उपाध्यक्ष पदम थापा, उपाध्यक्षमा शान्ता गौतम, सदस्यहरुमा काशीनाथ थपलिया, डिल्लीप्रसाद न्यौपाने, रामकुमारी तामाङ्ग, मीनाकुमारी कोईराला, खेमराज घिमिरे, कृष्णप्रसाद शर्मा, सीता कार्की, होमनाथ गुरागाई, मञ्जुकुमारी फुयाल, गणेशबहादुर तामाङ्ग, नरपति पाण्डे सर्वसम्मत चयन भएका हुन् ।
संस्थाले दर्जनौ व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरेको छ । पत्रकार,सहकारी अभियान्ता,सहकारी संस्थामा योगदान पुरयाँउने २१ जना अग्रजसहित गरि एकैसाथ २५ जनालाई पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य , बिर्तामोडस्थित रेडियो भिजनका सञ्चालक गणेश पोख्रेललाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । संस्थाका पूर्व स्व.गणेश प्रसाद बस्नेतको स्मृतिमा स्थापित ‘ गणेशप्रसाद बस्नेत उत्कृष्ट पत्रकारिता पुरस्कार’ बाट यसवर्ष पत्रकार पोख्रेललाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशी रु १० हजार र सम्मान पत्र रहेको छ ।
त्यस्तै, यसवर्षको ‘गणेशप्रसाद बस्नेत उत्कृष्ट सहकारी अभियन्ता पुरस्कार’ राष्ट्रिय सहकारी बैकका अध्यक्ष केवी उप्रेतीलाई प्रदान गरिएको छ । सहकारीका क्षेत्रलाई अगुवाई गरिआएका उप्रेतीलाई रु २६ हजार राशीको पुरस्कार प्रदान गरिएको हो ।
यस्तै, संस्थाले सहकारी क्षेत्रमा कलम चलाउने पत्रकार मध्येबाट मोरङ ,पथरीका पत्रकार सन्तोष राई र सञ्चार गृहतर्फ दमकको हिमशिखर टेलिभिजनलाई समेत नगद, प्रमाणपत्रसहित पुरस्कृत गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले बताए ।
संस्थाका अध्यक्ष नारायण भट्टराईको अध्यक्षता तथा प्रदेश सांसद अर्जुन राईको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि साधारणसभा सम्पन्न गरिएको थियो ।

नगरप्रमुख ओलीसहित २१ जनालाई सम्मानमेची सहकारीको अध्यक्षमा पुनः नारायणप्रसाद भट्टराई त्यसैगरि संस्था स्थापना भएको २५ वर्ष पुगेको उपलक्ष्यमा स्थापनाकालका दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसहित २१ जनालाई जनही नगद रु १० हजार, सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेमा लोकबहादुर अधिकारी, भवानी प्रसाद दाहाल, सिताराम खतिवडा,हरि चापागाई, गंगाप्रसाद ढकाल,झमनारायण पौडेल, ऋषिकेशचापागाई, कोमल प्रसाद प्रसाई, बालकृष्ण खनाल,रुद्रप्रसाद सुवेदी, बेदन्त ठकुरी, चुडामणि आचार्य,होमनाथ गुरागाई, पदम थापा, खगेन्द्रप्रसाद अधिकारी, काशीनाथ थपलिया, नेत्रप्रसाद खनाल, कुन्ता पौडेल, कमल प्रसाद सुवेदी दुर्गाप्रसाद भण्डारी रहेका छन् । त्यस्तै संस्था स्थापनाकालदेखि निरन्तर कार्यरत दुईजना कर्मचारीहरुलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगाले , दमक सेवा कार्यालय प्रमुख टिकाकुमारी भट्टराई रहेका छन् ।
तीन कर्मचारी पुरस्कृत
त्यस्तै संस्थाको नियमित कार्यक्रम अन्तर्गत आ।व। २०७७।०७८ मा उत्कृष्ट कार्यसम्पादन गर्ने ३ जना कर्मचारीहरुलाई पनि सम्मान गरिएको छ । पुरस्कृत हुनेमा शिवप्रसाद निरौला, भेषराज थापा, र सृजना नेपाली रहेका छन् । त्यस्तै सञ्चालित सेवा कार्यालयहरुमध्ये उत्कृष्ट सेवा कार्यालयमा मिक्लाजुङ सेवा कार्यालयलाई सम्मान गरिएको छ ।