एमाले झापाको सचिवालय बैठक : पार्टीलाई एकढिक्का बनाउने निर्णय
बिर्तामोड । नेकपा एमाले झापाको सचिवालय बैठक चार वर्षपछि बसेको छ । जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आज बसेको बैठकमा दुई जना बाहेक सबै सचिवालय समस्य सहभागी भएका छन् । नेकपा एकाले झापाका कार्यालय सचिव शिव ढुङ्गेलले यसअघि ०७४ चैत २९ गते सचिवालय बैठक बसेको जानकारी दिए । उनले यसबिचमा पार्टी एकता र त्यसपछिको विवादका कारण बैठक नबसेको बताए ।

पार्टी एकतापछि २५ सदस्य रहेको सचिवालय ३८ सदस्यीय बनेको छ भने ८९ सदस्य रहेको जिल्ला कमिटी १०५ सदस्य बनाइएको छ । यसमध्ये एक दुई बाहेक कोहि पनि यताउती हुदैन, ढुङ्गेलले भने – ‘आजको सचिवालय बैठकमा पनि केहि साथीले विदा माग्नु भएको थियो, बाँकी सबै बैठकमा सहभागी हुनुहुन्थ्यो ।’ सचिवालय बैठकमा हरि राना र चन्द्रा श्रेष्ठ समेत सहभागी बनेका थिए । दुवै जना माधव नेपाल समूहका ‘हार्डलाइनर’ नेता थिए । उनीले पार्टी विभाजनको पक्षमा जानु बेठिक भएकाले एमालेमै रहेको बताएका छन् ।
झापामा जिल्ला कमिटीका सदस्य र जनप्रतिनिधिहरु माधव नेपालको नेकपा समाजवादीमा नजाने निश्चित भएको ढुङ्गेलले जानकारी दिएका छन् । उनले भने, १/२ बाहेक कोहि पनि नेकपा समाजवादीमा जाने परिस्थिति छैन । पार्टीमा रहेका नेता कार्यकर्तालाई एमाले मै रहन जिल्लास्तरिय नेताहरुले आग्रह गर्दै आएका छन् । विशेष गरि केन्द्रीय सदस्य नरेश खरेल र रविन कोइरालाले त्यसका लागि सहजीकरण गरिहरेका छन् ।
बैठकले पार्टी केन्द्रीय कमिटीको अन्तरपार्टी निर्देशन अनुसार २०७५ जेठ २ गतेको साविक कमिटीको आधारमा सबै तह र जनवर्गीय संगठनको कमिटीहरु चलायमान गराउने निर्णय गरेको छ । पार्टीको मातहत कमिटी र जनवर्गीय संगठनको अधिवेशन पार्टी केन्द्रले तोकैकै मितिमा गर्ने निर्णय गरेको अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।
झापा पार्टी अध्यक्ष पाठकको अध्यक्षतामा सम्पन्न बैठकले १० बुंदेको कार्यान्वन गर्ने, पार्टी सदस्यता नविकरण, निर्वाचन आयोगमा गई मतदाता नामावलीमा नाम छुटेकाहरुलाई दर्ताका लागि सहजीकरण गर्न पार्टी मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ।
बैठकमा एमाले झापा इन्चार्ज क. रविन कोइराला, पार्टी केन्द्रीय सदस्य तथा स्गानीय विभाग प्रमुख क. देवेन्द्र दाहाल पार्टी केन्द्रीय सदस्यहरु हिक्मतबहादुर कार्की र हरिबहादुर राजवंशीलगायतका नेताहरुले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन आ–आफ्नो क्षेत्रबाट प्रयत्नशील रहन निर्देशन दिएका छन् ।