वामदेव गौतमद्वारा एमाले परित्याग
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर गौतमले एमालेका सबै पदबाट राजिनामा दिएका हुन् ।
स्वकीय सचिव दिपक टमाटाले गौतमले राजिनामा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएर फर्किएको जानकारी दिए ।
गौतम नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । उनी नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए । उनी नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहेका थिए ।
एमाले ब्युँतिएपछि केही बैठकहरुमा भाग लिएका गौतमले पछिल्लो समय माधव नेपालले एमाले विभाजन गरेपछि नयाँ पार्टीमा लाग्ने घोषणा गरेका थिए । उनले एकीकृत समाजवादीले जनताका बहुदलीय जनवाद छाडेको भन्दै उनले माधव नेपालसँग जवाफ मागेका पनि छन् ।