अनेरास्ववियु हल्दीवारीको सपथग्रहण
हल्दीवारी । नेकपा एमालेको अनेरास्ववियु हल्दीवारी गाउँ कमिटीको आज सपथग्रहण गराइएको छ । अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य मनोज ताम्लीले सपथ खुवाएका छन् ।

७५ सदस्यीय अनेरास्ववियु हल्दीवारी गाउँ कमिटीको एक कार्यक्रमका बिच सपथ ग्रहण गराइएको छ । विजय राईको अध्यक्षमा अनेरास्ववियु हल्दीवारी गठन गरिएको थियो । कार्यक्रममा अनेरास्ववियुका सचिवालय सदस्य ताम्ली, एमाले हल्दीवारीका अध्यक्ष हरि गौतम, सचिव महेश मेचे,हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरी, अनेरास्ववियुका केन्द्रीय सदस्य बलराम गिरी, जिल्ला अध्यक्ष समर्पण खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए । अनुसा भण्डारीले स्वागत गरेको कार्यक्रम अभिषेक खतिवडाले सञ्चालन गरेका थिए ।