जेष्ठ ४, २०८२ शनिबार

मानव ओसारपसार हुने नाकाको अनुगमन

झापा – राष्ट्रिय महिला आयोगको एक टोलीले मानव बेचबिखन नियन्त्रण तथा रोकथाम गर्न झापा र मोरङका विभिन्न सीमानाकाको अनुगमन गरेको छ । आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाको नेतृत्वको टोलीले भ्रदपुर र जोगवनी नाकामा अनुगमन गरेको हो । अनुगमनका क्रममा नेपाल प्रहरीले रोकथाम गर्ने प्रयास गरे पनि सजिलैसँग सीमानाका वारपार गर्ने गरेको पाइएको सदस्य खतिवडाले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा टोलीले प्रहरी प्रशासन र सम्बन्धित सङ्घ संस्थालाई स्थानीय निकायसँग सहकार्य गरेर सीमामा मानव बेचबिखनलाई कडाइ गर्न पनि आग्रह गरेको छ । आयोगले मानव बेचबिखनबारे सीमा वारी र पारी सूचना आदानप्रदान गर्न, कागजातको सुरक्षा र नियन्त्रण गर्न, कागजातको कानूनी मान्यता र परीक्षण गर्न तथा पीडितको संरक्षण गर्नसमेत सम्बन्धित निकायसँग अनुरोध गरेको छ । आयोगको टोलीले विर्तामोड नगरपालिकाका प्रमुख, उपप्रमुख, माइती नेपालका जिल्ला प्रतिनिधि, सेफ हाउसका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सेनाका प्रमुख जिम्मेवार निकायका प्रमुखलगायतसँग मानव बेचबिखन नियन्त्रणबारे छलफल गरेको आयोगले जनाएको छ । अनुगमनका क्रममा आफन्तकै जालझेलमा परेर, आर्थिक अवस्था कमजोर भएका कारण, बालविवाह र पारिवारिक बेमेलका कारण पनि मानव ओसारपसार हुने गरेको पाइएको छ ।

प्रकाशित मिति : भाद्र २०, २०७८ आईतबार  ५ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]