जेष्ठ ३, २०८२ शुक्रबार

बिर्तामोडमा अटो चालकको हत्या आरोपमा भाई रतनलाल पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले दाईको हत्या गरेको आरोपमा ३८ वर्षीय रतनलाल राजवंशीलाई पक्राउ गरेको छ ।
प्रहरीले बिर्तामोड–४ पुरानो भद्रपुर रोडमा डेरा गरि बस्ने कचनकवलका भात्रु राजवंशी आइतवार विहान मृत फेला परेपछि भाईको खोजी सुरु गरेको थियो । उनलाई आइतवार राती ज्यामिरगढीबाट पक्राउ गरिएको छ ।

भात्रु बिर्तामोडमा अटो चलाउदैं बसेका थिए । शनिवार राती १२ बजे दाजुभाईको सामान्य विवाद भएको भाई रतनलालको भनाई छ । उनले प्रहरी समक्ष दाईको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएका छन् । मृत फेला परेको सूचना पाउनासाथ प्रहरी राजवंशीको डेरा पुगेको थियो । मृतकका छोराले काकाले आफ्नो बुबाको हत्या गरेको सूचना दिएपछि उनको खोजीमा प्रहरी लागेको थियो ।

प्रकाशित मिति : भाद्र २१, २०७८ सोमबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]