जेष्ठ ३, २०८२ शुक्रबार

कहाँ पुग्यो सिर्जना बस्नेतको ‘हत्या’ अनुसन्धान ?

झापा । झापा बिर्तामोड–५ सुगम पेट्रोल पम्प उत्तरपट्टि सिर्जना बस्नेत मृत फेला परेको दुई महिना पुग्न लागेको छ । असार २८ गते बिहान उनको शव अर्थनग्न अवस्थामा फेला परेको थियो । घटना रहस्यमय भए पनि अहिलेसम्म सत्यतथ्य बाहिर आउन सकेको छैन ।

शुरुआतमा स्थानीयले सत्यतथ्य बाहिर ल्याउन दवाद दिए पनि पछिल्लो समय चुपचाप बसेका छन् । झापा प्रहरीले प्रदेश प्रहरी कार्यालय विराटनगर समेतको सहयोगमा अनुसन्धान गरेको थियो । तर, अनुसन्धानमा केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) को समेत सहयोग जरुरी भएपछि सो टोली झापा आएर काम गरेको झापा प्रहरीको भनाई छ । केहि समयको अनुसन्धानपछि सिआइवीको टोली फर्किएको छ । टोली फर्किएपछि सत्यतथ्य बाहिर आउछ भन्ने परिवारको आशा अझै पुरा भएको छैन । प्रहरीले बस्नेतसँग म्यासेन्जरमा कुरा गर्ने ५० जनासँग भन्दा धेरैलाई सोधपुछ गरिसकेको छ ।

बिर्तामोडमा परिवारसहित डेरा बस्दै आएकी बस्नेत एक सहकारीमा बचत संकलकको रुपमा काम गर्दै आएकी थिइन् । उनको शव डेरा बसेको घर अगाडि फेला परेको थियो । घटना लगत्तै प्रहरीले घटना स्थल सिल गरेर अनुसन्धान थालेको थियो । प्रहरीले तालिम प्राप्त कुकुर समेत ल्याएर अनुसन्धान गरेको थियो । प्रहरीले ल्याएको कुकुर सिर्जना सुत्ने डेरा अडागिसम्म गएर फर्किएको थियो । प्रहरी अनुसार बस्नेतको टाउको र ढाडमा घिसारे जस्तो देखिने दाग देखिएको थियो ।

किशोरीका दाई रमेश बस्नेतले घटना बारे नयाँ कुरा जानकारीमा नआएको बताए । उनले भने, घटना के कसरी भएको हो ? हामीलाई जानकारी गराइएको छैन, हामीले पनि साधेका छैनौं । पारिवारिक तनावका कारण सोधिएको छैन । अनुसन्धान सकेर प्रहरीले पक्कै बताउलान, उनले भने ।

प्रहरीले हत्याको आशंकामा सोही अनुसार अनुसन्धान शुरु गरेको थियो । आवश्यक परीक्षण काठमाडौं मै गरेको प्रहरीले यथार्थ कुरा बाहिर ल्याएको छैन ।

प्रकाशित मिति : भाद्र २१, २०७८ सोमबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]