बैशाख ३०, २०८२ मंगलबार

एमसीसी के हुन्छ ? गठबन्धन सरकारले जनतालाई बताओस् : एमाले नेता खरेल

सरकारले अन्तराष्ट्रिय सम्बन्ध विगार्दै अघि बढ्यो

बिर्तामोड । एमसीसी सम्झौता गरेको नेपाली कांग्रेसले दोहोरो चरित्र देखाएको नेकपा एमालेका नेता अग्नी खरेलले आरोप लगाएका छन् । उनले सम्झौता गर्नेले कार्यान्वयन गर्नुपर्ने वा कार्यान्वयन नगरे यसबारे जनातालाई स्पष्ट पानुपर्ने धारणा राखेका छन् ।

प्रेस चौतारी झापाले आयोजान गरेको पत्रकार भेटघाटमा उनले कांग्रेस सरकारले एमसीसीभित्रका कमिकमजोरी नहेरी सम्झौता बताएका छन् । सम्झौता गर्दा नहेर्ने अहिले प्रश्न सोध्ने ? खरेलले भने – एमसीसीको मामिलामा कांग्रेसले जनतालाई जानकारी दिनुपर्छ ।
पत्रकार भेटघाटमा उनले एमसीसीमा कांग्रेस–माओवादीले राजनीति गर्न खोजेको बताएका छन् । तत्कालिन कांग्रेस सरकारले एमसीसी सम्झौता गर्दा संसद्मा लैजाने भनेका कारण एमाले सरकारमा हुँदा संसद्मा प्रस्तुत गर्न खोजेको स्पष्ट पारे । कांग्रेस, माओवादीकै इसारामा संसद्मा टेवुल गर्न सभामुख सापकोटाले नमानेको भन्दै अहिले तिनै दलका नेता एमसीसीका बारेमा मुखमा पानी जमाएर बसेको खरेलको भनाई छ । पूर्व मन्त्री खरेलले एमाले सरकारमा हुँदा बुरुक–बुरुक गर्नेहरु अहिले चुपचाप बसकोले संसद्मा एमसीसी आए एमालेले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । हाम्रो सरकार हँुदा संसद्मा टेवुल भएको थियो भने त्यसका कमिकमजोरी बारे छलफल पक्कै हुने थियो ।

नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा निर्वाचन विभाग प्रमुख अग्नी खरेलले परमादेश सरकारको आयु सामेत लामो नभएको बताएका छन् । झापाको बिर्तामोडमा पत्रकार भेटघाटमा बोल्दै एमाले नेता खरेलले मन्त्रीपरिषद् विस्तार हुँदा नहुँदा सरकार जोखिममा परिसकेको बताए । उनले गठबन्धनको सरकारसँग जनताले ठुलो अपेक्षा नगरेको भन्दै सरकार गलत व्यवस्थाको अभ्यासमा लागेको आरोप लगाए । ७८ वर्षीय प्रधानमन्त्री शेर बहादुर देउवा जी १७ वटा मन्त्रालय हेर्दै हुनुहुन्छ । हामीले चाहेको राज्यको व्यवस्था यहि हो ?, उनले भने ।
पूर्व मन्त्री समेत रहेका खरेलले सरकारको कामकाज देखेर सर्वोच्च अदालत समेत विरत्तिएको हुन सक्ने भन्दै उनले परमादेशबाट तोकिएको प्रधानमन्त्रीले राज्य व्यवस्था चलाउन नसकेको आरोप लगाए । मुलुकमा देउवाको पक्षमा फैसला र माधव नेपालको आवश्यकतामा अध्यादेश ल्याउने काम भइहेको उनको भनाई छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रतिपक्षी दललाई फुटाएर अप्रजातान्त्रिक र अलोकतात्रिक काम गरेको उनको धारणा छ । खरेलले एमाले सरकारमा हुँदा भन्ने गरिएको सेटिङ अहिलेको सरकारले व्यवहारिक रुपमा प्रयोग गर्दै गएको दावी गरे ।

एमाले नेता खरेलले पछिल्लो दिनमा सरकारले अन्तराष्ट्रिय सम्बन्ध विगार्दै अघि बढेको बताएका छन् । चिनसँगको सिमा विवाद कतै लिखत छैन, खरेलले भने – अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्दै छिमेकी राष्ट्रसँग समान व्यवहार गर्नुपर्छ । गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई खरेलले प्रश्न गरेका छन्, विपीको मार्ग यहि हो ? गोरेटो यहि हो ?

नेता खरेलले सभामुख अग्नी प्रसाद सापकोटाले न्यायाधीसको भूमिकामा आफुलाई देखाउन खोजेकोमा आपत्ति प्रकट गरेका छन् । एमालेले १४ सांसद्लाई कारबाही गरेको सूचना टाँस नगरेर न्यायाधीसको भूमिका देखाएकोे भन्दै सभामुखको जिम्मेवारीमा लामो समय टिक्न नसक्ने चेतावनी दिएका छन् ।

पत्रकारहरुको जिज्ञासामा जवाफ दिदैं उनले पार्टी एकताका लागि १० बुँदेको व्यवहारिक कार्यान्वय हुने बताएका छन् । ०७५ जेठ २ अनुसार पार्टी अघि बढ्ने हो, उनले भने – कतिपय ठाउँ व्यवहारिक अभ्यास हुन सक्छ । माओवादीका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकताको झण्डा उठाउने भनेको कुरा असाध्यै नसुहाएको उनको टिप्पणी छ । एकताको झण्डा उठाउनेले निर्वाचनमा गठबन्धन कायम हुनुपर्ने लज्जास्पद् अभिव्यक्ति आफैमा बाझिएको तर्क छ । निर्वाचनमा एमालेसँग कुनै पनि दल एक्लै भिड्ने साहस नदेखिएको खरेलको भनाई छ ।

प्रकाशित मिति : भाद्र २२, २०७८ मंगलबार  १ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]