बैशाख ३०, २०८२ मंगलबार

झापामा ०७५ जेठ २ कार्यान्वयन गर्न कार्यदल

बिर्तामोड । नेकपा एमाले झापाको जिल्ला कमिटी बैठकले ०७५ जेठ २ लाई कार्यान्वयन गर्न कार्यदल बनाएको छ । सोमवार सम्पन्न जिल्ला कमिटी बैठकले ९ सदस्यीय कार्यदल बनेको एमाले झापाका सचिवलाय सदस्य शिव ढुङ्गेलले जानकारी दिए । पार्टीका केन्द्रीय सदस्य रविन कोइरालाको संयोजकत्वमा कार्यदल बनाइएको छ ।

कार्यदलमा केन्द्रीय सदस्य हरि राजवंशी, रोमणि भट्टराई, दिपक कार्की, चिन्तन पाठक, मदन राजवंशी, चन्द्रा श्रेष्ठ, खगेन्द्र नेपाल र शिव ढुङ्गेल रहेका छन् । कार्यदलले जेठ २ को निर्णय कार्यान्वयन, अनुगमन र कार्यकर्ता व्यवस्थापन गर्ने जिल्ला अध्यक्ष पाठकले जानकारी दिए । क्षेत्रीय कमिटीको पार्टी एकता र जेठ २ कार्यान्वयनका लागि क्षेत्रीय संयोजक र पालिकाका इञ्चार्ज कार्यलदलमा राखिने छ ।

प्रकाशित मिति : भाद्र २२, २०७८ मंगलबार  ४ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]