असार २०, २०८२ शुक्रबार

बिर्तामोड कांग्रेसको सभापतिमा दुई वडाध्यक्ष मैदानमा

बिर्तामोड । नेपाली काँग्रेस बिर्तामोडको नगर सभापतिमा दुई जनाले उम्मेद्वारी दिने लगभग पक्कापक्की भएको छ । नगर सभापतिमा बिर्तामोड नगरपालिकाका दुई वडाध्यक्ष मैदानमा उत्रिएका छन् । यसअघि नगरको सभापतिमा बलराम कार्की र युवराज प्रसाईको पनि चर्चा थियो ।

बिर्तामोड नगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष भोजराज सिटौला र वडा नंं. ४ का वडाध्यक्ष कुल प्रसाद संग्रौला सभापतिको दावेदार हुन् । सिटौलाले उम्मेद्वारी घोषणा गरिसके भने संग्रौला आज नभए भोली उम्मेद्वारी घोषणा गर्ने तयारीमा छन् । उनका नजिका सहयोगीले संभवतःआजै उम्मेद्वारी घोषणा गर्ने जानकारी दिए । भोजराज कृष्ण सिटौला र संग्रौला देउवा पक्षबाट सभापतिको उम्मेद्वार बनेका छन् ।
बिर्तामोडमा १३ वर्षदेखी समापतिको जिम्मेवारी सम्हाल्दै आएका सिटौला फेरि सभापतिमा लागि तयारी भएका छन् । उनले काँग्रेसलाई बलियो बनाएर स्थानीय सरकारमा जिताउने उद्घोष गरेका छन् ।

पहिलो कार्यकालमा काँग्रेसको नगर कार्यालय भवनका लागि जग्गाको व्यवस्थापन गरिसकेको बताउँदै बिर्तामोड ३ का वडाध्यक्ष समेत रहेका सिटौलाले दोस्रो कार्यकालमा नगर समितिको भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । सिटौलाले आफू बाँचुन्जेलसम्म पार्टीको लागि पूर्णकालीन कार्यकर्ताको रुपमा खट्ने घोषणासमेत गरे । ‘अहिले पनि म पूर्णकालीन रुपमा जनताका लागि खटिरहेको छु ’ उनले भने ,‘ जिन्दगी रहुँन्जेल आफ्नो सम्पूर्ण समय पार्टीको लागि समर्पित गर्नेछु ।’ त्यस्तै सोही कार्यक्रममा बिर्तामोड ६ का वडाध्यक्ष सूर्य कन्दङवाले उपसभापति पदमा उठ्ने घोषणा गरे ।

सरल जीवन शैलीका संग्रौलाको उम्मेद्वारीलाई पनि बलियो रुपमा हेरिएको छ । उनको सरह शैलीका कारण उनलाई बिर्तामोड कांग्रेसमा जिताउने सहयोगीको भनाई छ । भदौं २७ गते हुने निर्वाचनका लागि २६० जनाभन्दा बढि प्रतिनिधिले मत खसाल्ने छन् ।

प्रकाशित मिति : भाद्र २३, २०७८ बुधबार  १ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]