जेष्ठ ३, २०८२ शुक्रबार

तीन दिन ठूलो वर्षाको सम्भावना कम

झापा । अबको केही दिन ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् । मनसुनको न्यूनचापीय रेखा औषत स्थानमै रहेकोले देशभरको मौसम बदली भए पनि ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

अबको तीन दिन सम्म नै मनसुनी प्रणाली बढी सक्रिय भएर ठूलो वर्षाको सम्भावना कम रहेको उहाँले बताउनुभयो । अहिले काठमाण्डौ उपत्यका सहित देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश नम्बर १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्य वर्षा भैरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र राति पनि देशभर सामान्य बदली रही केही ठाउँहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २४, २०७८ बिहीबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]