स्याङजाबाट सार्वजनिक भए प्रकाश दाहाल
बिर्तामोड । सातदिन देखि वेपत्ता भएका झापाका प्रकाश दाहाल स्याङजाको वालिङमा सार्वजनिक भएका छन् । उनले सामाजिक सञ्जाल मार्फत ‘म हराएको होइन’ शिर्षकको कविता सुनाउदै सार्वजनिक भएका छन् । उनले एक सातासम्म दिएको दुख सास्ती प्रति माफी समेत मागेका छन् ।

एक साताअघि उनी झापाबाट हराएको भन्दै परिवारले इलाका प्रहरी कार्यालय दमकमा खोजतलासका लागि निवेदन दिएको थियो । हल्दिवारी १ गोल्धाप घर भएका दाहाल दाह्रीभाइका रुपमा परिचित छन् । उनी रंगकर्मी हुन् । दमकमा परिवारसँगै बस्दै आएका दाहाल पछिल्लो समय दमकको एक थियटर मै बस्दै आएका थिए । फेसबुकबाट सार्वजनिक भएका दाहालले आफु सकुशल भएको प्रतिक्रिया दिएका छन् ।
अनौठो स्वभाव भएका दाहाल चलचित्र ‘पशुपतिप्रसाद’मा पनि अभिनय गरेका छन् । उनले निर्देशन गरेको ‘लाटीको छोरो’ को चर्चित नाटकमा पर्दछ ।