थप १ हजार २७१ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु
काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८९८ पीसीआर र ३ हजार ४६ गरि ११ ९ सय ४४ नमूना परीक्षण गर्दा १ हजार २७१ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ रहेको छ।
मन्त्रालयका अनुसार सोही अबधिमा देशभर १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।