बैशाख ३०, २०८२ मंगलबार

स्थानीय तहमा माधव नेपालको पार्टीको हैसियत १० प्रतिशत पुगेन

काठमाडौं– संघीय संसदमा पार्टी फुटाउन २० प्रतिशत माग गरेका माधव नेपाललाई स्थानीय तहको नतिजाले पहिलो गासँ मै ढुंगा लागेको छ । स्थानीय तहमा एमालेले जितेका प्रतिनिधिमध्ये ९.९४ प्रतिशत मात्र आफूतिर लागेपछि नेपाल अहिले तनावमा रहेको निकटस्थहरूले बताएका छन् । नेपालको अनुमान कम्तीमा २५ देखि ३० प्रतिशत जनप्रतिनिधिले आफूलाई साथ देलान् भन्ने रहेको एक नेताले बताए ।

ती नेताका अनुसार केन्द्रमा भन्दा प्रदेशमा कम र त्योभन्दा स्थानीय तहमा झन् कम मात्र जनप्रतिनिधि आफूतिर लागेपछि नेपाल पक्षका नेताहरू आफूले एमालेबाट अलग हुने निर्णय गरेकोमा समीक्षा गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार पार्टी केन्द्रीय कार्यालयमा प्राप्त तथ्यांकअनुसार २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले १४ हजार ७ सय ८१ जना जनप्रतिनिधि जितेको थियो । त्यसमध्ये १ हजार ४ सय ६३ जना मात्र लागेका छन् ।

यो भनेको एमालेका जितेका कुल जनप्रतिनिधिको ९.९४ प्रतिशत हो । पार्टी विभाजनलाई अस्विकार गर्दै १३ हजार २ सय ५५ जना जनप्रतिनीधि एमाले मै बसेका छन् । यो भनेको एमालेले जितेका मध्ये ९०.६प्रतिशत जनप्रतिनिधि एमालेमा रहेका छन् ।

प्रकाशित मिति : भाद्र २५, २०७८ शुक्रबार  ८ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]