सांसद् साँवाद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन
झापा । झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभाराको विभिन्न ठाउँमा नदि कटान हुँदा ४ परिवार पूर्ण रुपमा विस्थापित भएका छन् । ५ विगाहभन्दा धेरै धानवाली लगाइएको जमिन कटान भएको छ ।
कनकाई माईले देविगाडा र चौरी पूर्वमा धेरै क्षति पर्याएको स्थानीयवासीले जानकारी दिएका छन् । सो प्रभावित क्षेत्रको बिहीवार संघीय सांसद् एलपी सावाँले सरकारी अधिकारीहरुसहित निरीक्षण गरेका छन् ।
साँवासहित गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, जनताको तटबन्धन कार्यक्रमका प्रमुख रुपनारायण अधिकारी, पूर्वाधार विकास कार्यालयका प्रमुख रमेश श्रेष्ठ, प्राविधिक इञ्जिनियर देवेन्द्र अधिकारी , जनप्रतिनिधिहरु र स्थानीय अगुवा सहितको टोलीले प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । सांसद् साँवाले प्रभावित नागरिकको समस्या हेरेर समाधानमा तत्कालै सरोकारवालाई लागिपर्न निर्देशन दिएका छन् । उनले शुक्रवारबाटै अस्थायी रोकथामको काम थाल्न निर्देशन दिएको जानकारी दिए । बाँस र बोराको सहायतामा नियन्त्रण लागि जनटाको तटबन्धन र नेपाली सेनाले काम गर्ने उनको भनाई छ । बाढीबाट प्रभावित नागरिकहरुलाई झापा रेडक्रसले राहत प्रदान गरेको छ ।