जेष्ठ २, २०८२ बिहीबार

भदौ २९ मा एमाले अध्यक्ष ओली झापा आउने

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भदौ २९ गते बिर्तामोड आउने भएका छन् । यसअघि भदौ २७ गते आउने तय भएको थियो । दुई दिनलाई कार्यक्रम पछि सारिएको नेकपा एमाले झापाका सचिवालय सदस्य शिव ढुङ्गेलले जानकारी दिए ।

बिर्तामोडको सिटी सेन्टरस्थित साई प्यालेसमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्न अध्यक्ष ओली आउने भएका हुन् । सो भेलामा वडाअध्यक्षदेखि माथिल्लोे कमिटीमा आवद्ध नेता कार्यकर्ता सहभागी हुने छन् । बिर्तामोडको सो भेलामा सम्बोधन गरेर सोहीदिन काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : भाद्र २६, २०७८ शनिबार  ४ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]