मदरसा तामिमुल कुरानलाई ५१ हजार सहयोग
बिर्तामोड । सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले बिर्तामोड–३ स्थित मदरसा तामिमुल कुरानलाई ५१ हजार सहयोग गरेका छन् ।
सामाजिक अभियन्ता गिरीले मदरसा विधालयको जग्गा खरिदका लागि सो रकम सहयोग गरेका हुन् । विधालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खानलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । मदरसा तालिमुल कुरानले मुस्लिम समुदायका विधार्थीलाई शिक्षा प्रदान गर्दै आएको छ ।

सो विधालयका लागि बिर्तामोड–३ को समावेशी टोलमा ८ कठ्ठा जग्गा खरिदका लागि बहिना गरिसकेको विधालय व्यवस्थापन समितिका अध्यक्ष खानले जानकारी दिए । स्थानीय कैलाश प्रसाईले १५ लाख बरावरको १२ धुर जग्गा दान दिएका छन् ।