बैशाख २८, २०८२ आईतबार

अफगानिस्तानमा हजारौँ मानिसको विरोध प्रदर्शन

काठमाण्डाै – अफगानिस्तानको कान्दाहारमा हजारौँ मानिसले विरोध प्रदर्शन गरेका छन् । तालिबानले घर खाली गर्न आदेश दिएपछि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

तालिबान नेतृत्वमा रहेको अफगानिस्तान सरकारका प्रान्तीय अधिकारीहरूले अफगानिस्तानको राष्ट्रिय सेनाले बसाएको बस्तीमा रहेका परिवारहरूलाई तीन दिनमा आफ्नो घर खाली गर्न भनेको हाे । कान्दाहारमा  यसको विरोधमा प्रदर्शन भएको हो ।

सरकारी जग्गामा नै भए पनि २० वर्षदेखि आफूहरु यही ठाउँमा बसेकाले घर खाली नगर्ने प्रदर्शनकारीले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी र पश्चिमी सैनिक गठबन्धन (नाटो) फौजले बहिर्गमन प्रक्रिया थालेसँगै तालिबान अगष्ट १५ मा काबुल प्रवेश गरेको थियो ।

काबुल तालिबानको हातमा परेपछि र पूर्व राष्ट्रपति असरफ घानी निर्वाचित सरकार ढलेको थियो । तालिबानको कब्जापछि अफगानिस्तानमा मानव अधिकारको भयावह अवस्था देखिएको टिप्पणीहरू हुँदै आएका छन् ।   

प्रकाशित मिति : भाद्र ३१, २०७८ बिहीबार  ७ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]