बैशाख २८, २०८२ आईतबार

आर्थिक स्वार्थ शैक्षिक संस्थाहरुले नराखुन्

सम्पादकीय
घरमा मोवाइल र ल्यापटपमा पढ्दा पढ्दा विधार्थी तनावमा छन् । मोवाइल र ल्यापटपबाट मुक्ति हुने चहानलाई कोरोना महामारीले लामो समयदेखि रोकेको छ । तर, अब केहि समयभित्र सबै विधार्थीले मोवाइल र ल्यापटपको पढाइबाट मुक्ति पाउदैछन् । विधार्थीको इच्छा यसरी पढिरहने छैन । भौतिक रुपमा विधालय उपस्थित भएर साथीभाईसँग खेल्दै पढ्ने आकांक्षाले डाडाँ काटिसक्यो । ति आकांक्षा पुरा हुन समय फेरि नजिक आएको छ । झापामा मात्र होइन, देशभर कोरोना महामारीका कारण पठनपाठन अवरुद्ध भइरहेको छ ।

एकाध स्थान बाहेक विधार्थीहरु घर मै अनलाई पढिरहेका छन् । कोरोना महामारीले विधार्थीहरुमा समेत वर्ग छुट्याएको छ । मध्यम तथा उच्च वर्गका परिवारले जसोतसो अनलाईबाट अध्ययन गर्न पाए । गरिव , विपन्न परिवारका बालबालिका सो समयावधिमा पठनपाठनबाट बञ्चित समेत भए । केहि दिन यता शिक्षाका सरोकारवालाहरुले शैक्षिक संस्था खुलाउने , भौतिक रुपमै उपस्थित गराएर पठनपाठन सञ्चालन गर्ने माग गरिरहेका छन् । भर्खरै , कचनकवलका विधालय खुले । विर्तामोडमा पनि असोज ४ गतेबाट भौतिक उपस्थितिमै पढाउने निर्णय गरिएको छ ।

स्थानीय तहलाई विधालय खुलाउने वा नखुलाउने भन्ने अधिकार दिएको छ । स्थानीय तहले शैक्षिक संस्थाको दवावमा विधालय खुलाउन अनुमति दिएका छन् । अहिले पनि विधालय खुलाउने अनुकुल समय भएको छैन । झापामा कोरोनाको संक्रमण दर घटेको छैन । विधालय खुलाउदा बालबालिका जोखिममा पर्ने छन् । विधालयले अवश्य पनि सुरक्षा मापदण्ड पुरा गर्नेछन् भन्ने विश्वास छ । यदि मापदण्ड पुरा नभए बालबालिकामा जोखिम हुनेछ । अर्को कुरा दशैभन्दा अघि विधालय सञ्चालन गर्ने उदेश्यमाथि अभिभावकको शंका छ । शुल्क उठाउन दशैअघि विधालय सञ्चालन गर्न लागिएको हो भने निर्णय सच्याउनुपर्छ । चाडवाडको मुखमा आर्थिक स्वार्थ शैक्षिक संस्थाहरुले नराखुन् ।

प्रकाशित मिति : भाद्र ३१, २०७८ बिहीबार  ७ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]