बैशाख २७, २०८२ शनिबार

झापामा संविधान दिवसः सरसफाइ, निबन्ध प्रतियोगिता र फलफूल वितरण

झापा । जिल्लामा संविधान दिवस भव्य र हर्षोल्लासका साथ दीपावलीसहित विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको छ । जिल्लास्तरीय मूल समारोह समितिको बैठकले यही असोज २ देखि ४ गतेसम्म चोक, मठमन्दिर, गुम्बा, चर्च, गुरुद्वारा र मस्जिद सरसफाइ गर्ने र साँझ दीपावली गरेर संविधान दिवस मनाउने निर्णय गरेको छ ।

समितिले “संविधान कार्यान्वयनको छ वर्ष र लोकतन्त्र” विषयमा अन्तरमावि निबन्ध प्रतियोगिता सञ्चालन गर्ने, ३ गते कारागारमा रहेका कैदीबन्दीलाई खेलकूदका सामग्री हस्तान्तरण गर्ने, चन्द्रगढीस्थित ट्रेड युनियन चोकमा दीप प्रज्वलन गर्ने र मेची अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको सहायक प्रमुख जिल्ला कृष्ण शाहीले बताउनुभयो । समितिले जिल्लाका स्थानीय तह तथा सामाजिक, धार्मिक र विभिन्न सङ्घसंस्थालाई संविधान दिवस भव्य रुपमा मनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : आश्विन १, २०७८ शुक्रबार  ४ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]