सि डिभिजनका खेलाडीलाई वाटर किङ्डम पार्कको साथ
शिवसताक्षी । झापा शिवसताक्षीको सतासीधाम स्पोर्टिङ्ग क्लबका खेलाडीहरुलाई वाटर किङ्डम पार्क झिलझिलेद्वारा जर्सी वितरण गरेको छ ।
वाटर किङ्डम पार्कले सतासीधाम स्पोर्टिङ्ग क्लबबाट सहिद स्मारक सी डिभिजन छनौट फुटबल प्रतियोगितामा सहभागी खेलाडीहरुलाई जर्सी वितरण गरेको हो । वाटर किङ्डम पार्कका सञ्चालक राजकुमार संग्रौलाले उक्त जर्सी खेलाडीहरुलाई हस्तान्तरण गरेका हुन् ।
शिवसताक्षीका भाईहरुले खेल क्षेत्रमा देखाएको सफलता र यस क्षेत्रलाई खेल मार्फत चिनाउन गरेको योगदानको कदर गर्दै उक्त जर्सी वितरण गरिएको पार्क सञ्चालक राजकुमार संग्रौलाले जानकारी दिए ।

उनले सी डिभिजन सहभागी खेलाडीहरुको सम्पूर्ण खर्च समेत आफैले गरिदिने घोषणा गरेका छन् । वाटर किङ्डम पार्कले खेलाडीहरुलाई जर्सी वितरण गरेर खेलाडीहरुको मनोबल उच्च बनाउन खेल्नु भएको कार्यको प्रशंसा गर्र्दै नगर खेलकुद विकास समितिका अध्यक्ष फूर्वा लामाले पार्क सञ्चालक राजकुमार संग्रौलालाई धन्यवाद ज्ञापन गरेका थिए ।