आदर्शमा मनाइयो परिवार नियोजन दिवस
बिर्तामोड । झापाको बिर्तामोडस्थित आदर्श स्कुल अफ म्यानेजमेन्टमा ८ औं राष्ट्रिय परिवार नियोजन दिवस मनाइएको छ । कोभिड १९ महामारी : परिवार योजना सेवामा सबैमा पहुँच विषयक अन्तरक्रिया गरेर परिवार नियोजन दिवस मनाइएको हो ।

कोभिड १९ महामारी : परिवार योजना सेवामा सबैमा पहुँच बराबरी भन्ने मुल नाराका साथ मानब अधिकार र बाताबरण बिकास केन्द्र उदयपुरको झापा शाखा , सुरुवाती कोठा नेपाल , झापा र आदर्स स्कुलको सहयोगमा युवा युवतीको सहभागितामा दिवस मनाइएको हो ।
युवा उमेरमा आउने परिवर्तन ,आकस्मिक परिवार नियोजनका साधन बारे नेपाल परिवार नियोजन संघको कर्मचारी प्रमिला गौतमले सहजीकरण गरेकी थिइन् । आयोजक संस्थाका झापा प्रमुख सुदर्शन दाहाल सभापति रहेको कार्यक्रममा आदर्श कलेजका रबिन पाठकले स्वागत मन्तव्य राखेका थिए । अभियान्ता दीपक दासले सञ्चालन गरेको कार्यक्रममा ३० युवाको सहभागिता थियो ।