बैशाख २७, २०८२ शनिबार

कर्मचारी संगठनको कार्यालयमा भएको प्रशासनिक हस्तक्षेप निन्दनीय : पोखरेल

काठमाडौं- नेपाल निजामती कर्मचारी संगठनका ९२ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ उनीहरू पक्राउ परेका हुन् । केदार देवकोटा नेतृत्वमा संगठनका नेताहरू कार्यालयमा बसिरहेको समयमा अर्को पक्षले कार्यालय कब्जा गर्न खोजेको थियो । त्यसपछि दुवै पक्षबीच विवाद भएको थियो । विवादपछि प्रहरीले देवकोटासहितका ९२ भन्दा बढी कर्मचारी नेतालाई पक्राउ गरेको हो ।

केही दिन अघि माधव नेपाल पक्ष र ओली पक्षीय कर्मचारीहरूले छुट्टाछुट्टै भेला आयोजना गर्दै अध्यक्ष घोषणा गरेका थिए । त्यसपछि एउटाले कार्यालय नछोड्ने र अर्कोले कार्यालय कब्जा गर्ने रणनीति बनाएपछि विवाद भएको हो ।

निजामती कर्मचारी नेताहरू पक्राउ परेपछि एमाले नेता शंकर पोखरेलले आपत्ति जनाउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘नेपाल निजामती कर्मचारी संगठनको कार्यालयमा भएको प्रशासनिक हस्तक्षेप निन्दनीय छ । संगठनका अध्यक्ष लगायत सबैलाई तत्काल रिहा गर ।’

प्रकाशित मिति : आश्विन ५, २०७८ मंगलबार  ८ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]