हेवन वाटर पार्कमा शनिवारदेखि चाडवाड लक्षित छुट
बिर्तामोड । बिर्तामोड नगरपालिका –२ स्थित हेवन वाटर पार्कले चाडवाड लक्षित गरेर विषेश छुट अफर ल्याएको छ ।
दशैं, तिहार र छठ पर्वसम्मका लागि हेवन वाटर पार्क जाने सर्वसाधरणलाई लक्की ड्र मार्फत छुट प्रदान गरिने प्रवन्ध निर्देशक नेपाल रत्न शिवाकोटीले जानकारी दिए ।असोजबाट पूर्ण रुपमा खुला गरिएको हेवन वाटर पार्कमा जाने भाग्यशालीलाई घुमफिर, फनपार्कमा मनोरञ्जन, रेष्टुरेन्टमा छुट र माछा खरिद्मा समेत प्रति केजी ३० रुपैयाँ छुट दिने शिवाकोटीले जानकारी दिए ।

यसअघि माछा प्रति केजी ३३० रुपैयाँमा विक्रि भइरहेको थियो । हेवन आउने हरेक कस्टुमरको हात खाली गर्दैनौं, शिवाकोटीले भने – टिकट मार्फत लक्की ड्र गरिने छ । लक्की– ड्र मा पर्ने ग्राहकलाई फनपार्कमा निशुल्क मनोरञ्जन प्रदान गरिने छ भने रेष्टुरेन्टमा ५ जनाको परिवारलाई १५ प्रतिशत छुट दिइनेछ ।
यस्तै, गेटपासमा समेत लक्की ड्रमा पर्नेलाई अर्को पटक प्रवेशमा छुट दिने योजना बनाएको हेवन वाटर पार्कले जनाएको छ । स्वास्थ्य मापदण्ड पालना गरेर हेवनलाई पूर्ण रुपमा सञ्चालनमा ल्याइएको शिवाकोटीले जानकारी दिए । छुट योजना असोज ९ गतेदेखि शनिवारदेखि लागु हुने छ ।