बैशाख २७, २०८२ शनिबार

अन अराइभल भिसा खुल्यो

काठमाण्डाै – कोरोना महामारीका कारण बन्द भएको अनअराइभल भिसा खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बिहीवार एक आदेश जारी गर्दै अन अराइभल भिसा पाउने देशका कोरोना विरुद्धको खोप लगाएका नागरिकले त्रिभुवन विमानस्थलबाट अन अराइभल भिसा पाउने जनाएको छ ।

यस्तै हवाई उडानको चेक इन हुनुभन्दा ७२ घण्टाअघिको पीसीआर नेगेटिभ रिपोर्ट पनि आवश्यक पर्नेछ । पर्वतारोहण र पदयात्राका लागि आउने पर्यटकले अनुमतिको प्रतिलिपि र होटल बुक गरेको प्रमाण पनि देखाउनुपर्नेछ ।

यस्तै नेपाल आउने नागरिकको विमास्थलमा एन्टिजेन परीक्षण हुने र पोजेटिभ देखिएमा आइसाेलेशनमा जानुपर्नेछ  । पीसीआर नेगेटिभ रिपोर्ट, विमानस्थलमा एन्टिजेन जाँचमा नेगेटिभ देखिएको र पूर्ण मात्रा खोप लगाएका पर्यटक सिधै गन्तव्यमा जान पाउने आदेशमा उल्लेख छ ।

खोपको पूरा मात्रा नलगाएका पर्यटकको हकमा भने कम्तीमा १० दिन होटल क्वरेण्टीनमा यथावत् राखिएको छ । उनीहरूले ११ औँ दिनमा पीसीआर जाँच गर्ने र नेगेटिभ रिपोर्ट आएमा मात्रै घुम्ने गन्तव्यमा जान पाउने आदेशमा उल्लेख छ । 

प्रकाशित मिति : आश्विन ७, २०७८ बिहीबार  ४ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]