बिर्तामोडमा खाद्यले सहुलियतमा चामल विक्रि गर्दै
बिर्तामोड । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय बिर्तामोडले चाडवाडको अवसर पारेर सहुलियतमा चालम विक्रि गरिरहेको छ । असोज १ गतेदेखि चामल विक्रि गर्न थालेको खाद्यका सूचना अधिकारी धर्मदेव प्रसाद यादवले जानकारी दिए । सहुलियत दरमा कार्तिक २४ गतेसम्म चालक विक्रि गर्ने बताइएको छ ।

नागरिकताको फोटोकपी लिएर जाने हरेक परिवारलाई १ बोरा चामल सहुलियत दरमा दिने यादवले बताए । खाद्यले गुणस्तरीय चामल सुलभ मुल्यमा दिने जनाएको छ । पर्वोत्सवमा चामल खरिद गर्नेलाई छुट दिइएको यादवले जानकारी दिए । अहिले खाद्यमा स्टिम जिरा, बासमती र सोना मन्सुली चालम उपलब्ध छ । २५ केजीको स्टिम जिरा चामललाई १५ सय र बासमति १० केजीलाई १ हजार २० रुपैयाँ पर्ने उनको भनाई छ । सोना मन्सुलीको दर रेट नआएकाले हाललाई त्यसको मुल्य निर्धारण नभएको बताइएको छ ।
सहुलियतमा चामल विक्रि गर्न थालेपछि दैनिक २ सय केजीदेखि ८ सय केजी चालम विक्रि भइरहेको छ । कार्यलयमा सूचना अधिकारी यादवले हरेक नागरिकलाई खाद्यबाट गुणस्तरीय र सुलभ मुल्यको चामल खरिद गर्न आग्रह गरेका छन् । विक्रिका लागि व्यापारीले त्यहाँबाट चामल खरिद नपाउने व्यवस्था छ ।