बैशाख २७, २०८२ शनिबार

बिर्तामोडमा १० लाख चोरी गर्ने इलामका मगर धनकुटाबाट पक्राउ

बिर्तामोड । बिर्तामोड नगरपालिका–५ मा डेरा गरि बस्ने विकास श्रेष्ठको कोठाबाट नगद चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको कोठाबाट दराज फोरेर नगद १० लाख ५० हजार रुपैयाँ चोरी गर्ने ईलाम माई नगरपालिका– ४ बस्ने २८ वर्षीय कुमार मगरलाई धनकुटाबाट पक्राउ गरि बिर्तामोड ल्याइएको छ । श्रेष्ठको कोठाबाट मगरले असोज १ गते चोरी गरेका थिए ।

चोरी गरी फरार रहेको भन्दै पीडितले ईलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएका थिए । सोही क्रममा खोजी गर्दा धनकुटाबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो । धनकुटाको सहिदभुमी गाउँपालिका ७ बस्ने ४८ वर्षीया साबित्रा मगरको साथबाट चोरी गरेको नगद रकम ३ लाख ३५ हजार र चोरी गर्ने कुमार मगरको साथबाट ६३ हजार फेला पारी दुवैलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि बिर्तामोड ल्याइएको छ ।

जिल्ला अदालत झापा मार्फत म्याद थप भई अनुसन्धान कार्य शुरु गरिएको अनारमनी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ९, २०७८ शनिबार  ११ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]