बैशाख २७, २०८२ शनिबार

सुनको मूल्य स्थिर

झापा । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबारको कारोबार मूल्यका आधारमा आज सुनको मूल्य स्थिर रहेको हो । छापावाल सुन शुक्रबार रु ८९ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ । तेजाबी सुन शुक्रबार प्रतितोला रु ८८ हजार ५५०मा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य शुक्रबारको तुलनामा रु १० ले घटेको छ ।

चाँदी शुक्रबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएकामा आज रु एक हजार १५० तोकिएको हो । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्दछ ।

प्रकाशित मिति : आश्विन १०, २०७८ आईतबार  २ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]