बिर्तामोड कांग्रेसमा २७९ मत खस्यो, संग्रौला र सिटौलामा कसले जित्ला सभापति ?
बिर्तामोड । नेपाली कांग्रेस बिर्तामोडको नयाँ नेतृत्वका लागि आज विहानबाट भएको मतदान सकिएको छ । मतदान महेन्द्र रत्न मावि विर्ताबजारमा भएको थियो । प्राप्त जानकारी अनुसार २७९ जनाले मतदान गरेका छन् ।
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो । समयावधिभर प्रतिनिधिहरुले मत खसालेका थिए । बिर्तामोडमा जम्मा २८० जना मतदाता हुन् । केहीबेरपछि मतगणना शुरु हुने निर्वाचन समितिले जनाएको छ ।
बिर्तामोड नगर सभापतिमा कुलप्रसाद संग्रौला र भोजराज सिटौला उम्मेद्वारी दिएका छन् ।