बिर्तामोडको नगर सभापतिमा भोजराज सिटौला निर्वाचित
बिर्तामोड । नेपाली कांग्रेस बिर्तामोडको नगर सभापतिमा भोजराज सिटौलाको प्यानलै निर्वाचित भएको छ ।
आज साँझ सम्पन्न मग गणना अनुसार कुलप्रसाद संग्रौलालाई ४३ मतले पराजित गरी सिटौला दोस्रो कार्यकालको लागि नगर सभापतिमा निर्वाचित भएका हुन् । सिटौलाले १५९ मत ल्याउँदा संग्रौलाले ११६ मत पाएका छन् । त्यस्तै उपसभापतिमा सिटौला प्यानलकै सूर्यप्रसाद कन्दङ्वा १७३ , राजकुमार राजवंशी १३६ मत ल्याएर विजयी भएका छन् ।
सचिव पदमा दिवाकर प्रसाई १५३ र उत्तम खनाल १३५ मतसहित विजयी बनेका छन् । त्यस्तै सहसचिवमा रमेश चौधरीले १६६ र दिनेश पराजुलीले १४७ मत ल्याएर विजयी हासिल गरेका छन् । मतदानमा २७९ जनाले भाग लिएका थिए ।