बिर्तामोडमा मनाइयो विश्व पर्यटन दिवस
बिर्तामोड । बिर्तामोडमा प्रभातफेरीको आयोजना गरि ४२ औं विश्व पर्यटन दिवस मनाइएको छ । सुरुवाती कोठा नेपाल (एनपी) को आयोजना र दर्जन बढी संघसंस्थाको सहकार्यमा विश्व पर्यटनको दिवसको अवसरमा बिर्तामोडमा प्रभातफेरी गरिएको छ भने कनकाईको माई धाम क्षेत्रमा सरसफाइ गरि विश्व पर्यटन दिवस मनाइएको दीपक दासले जानकारी दिए ।

आदर्श स्कुल अफ म्यानेजमेन्ट, इक्कम कलेज, स्प्रिङडेल कलेजका विद्यार्थीहरूले बिर्तामोडको मुक्ति चोक वरिपरि प्रभातफेरीमा भाग लिएका थिए । साथै कार्यक्रममा पूर्वेली नौमती बाजा महिला समूह चारपानेले नौमती बाजा समेत प्रस्तुत गरेको थियो ।
कार्यक्रममा मारवाडी महिला मञ्च लगायत संघसंस्थाको उपस्थिति थियो । सुरुवाती कोठा नेपालका अध्यक्ष दीपक दासको अध्यक्षता सम्पन्न भएको थियो । सुरुवाती कोठा नेपालले विगतका वर्षमा पनि पर्यटन दिवस मनाउँदै आएको संस्थाका कोषाध्यक्ष रविन पाठकले जानकारी दिए ।