बैशाख २७, २०८२ शनिबार

बिर्तामोडबाट ठुलो परिमाणमा ब्राउनसुगरसहित दुई जना पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले ठुलो परिमाणमा ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ । सोमवार बिर्तामोड–१ पञ्चकन्या क्षेत्रबाट चेकजाँचका क्रममा प्रहरीले १४६ ग्राम ब्राउनसुगर सहित कनकाई–९ का २६ वर्षीय टेकराज साह र विकास मर्डीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

साहको साथबाट ०.५ मिलिग्राम र मर्डीको साथबाट प्रहरीले ४.५ मिलिग्राम ब्राउन सुगर बरामत गरेको थियो । सोधपुछको क्रममा प्रहरीले बिर्तामोडस्थित मर्डीको डेरा कोठाबाट १४२.३७ ग्राम ब्राउनसुगर र २ लाख ६९ हजार ३ सय रुपैयाँ बरामद गरेको छ । कोठाबाट डिजिटल तराजु एक थान, क्यानुन कम्पनीको क्यामरा र मोटरसाइकल बरामत गरि इप्रका अनारमनीमा राखिएको छ । आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरि कारवाही गरिने झापा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आश्विन १२, २०७८ मंगलबार  ७ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]