बैशाख २७, २०८२ शनिबार

कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

काठमाडौं- सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको मिति परिवर्तन गरेको छ। दशैंका कारण कात्तिक २ र ३ गतेका लागि तय भएको कार्यक्रमको मिति सारिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुने छ। उक्त कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ खुवाउनुका साथै जुकाको औषधि र बालभिटा समेत दिइन्छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको सिफारिस अनुसार सचिवस्तरीय निर्णयबाट नयाँ मिति तय भएको हो।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तरगर्त सरकारले ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लाहरुमा वितरण गर्दै आएको छ।

प्रकाशित मिति : आश्विन १२, २०७८ मंगलबार  ११ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]