बैशाख २७, २०८२ शनिबार

झापामा जंगली हात्तीले लग्यो महिलालाई, खोजी कार्य जारी

बिर्तामोड । झापामा जङ्गली हात्तीले एक महिलालाई वेपत्ता बनाएको छ । हात्तीले सुँडले बोकेर महिलालाई चन्द्रगढी सामुदायिक वनभित्र लगेको झापा प्रहरीले जनाएको छ । ति महिलाको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हात्तीले महिलालाई जङ्गल भित्र लगेपछि उनको खोजी कार्य तीव्र पारिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार बिहीबार बिहान ११ बजेर ५० मिनेटमा भद्रपुर नगरपालिका– १० स्थित देउनियाँ नजिकैको चन्द्रगढी सामुदायिक वन भित्र बिर्तामोड नगरपालिका–८ स्थित नेपाल चोक निवासी शुकलाल मर्डी र उनका ५० वर्षीया श्रीमती लतुमाई मर्डी निगुरो टिप्न गएका थिए । सोही बेला जङ्गली हात्तीले शुकलालकी श्रीमती लतुमाईलाई सुँडले च्यापिएर जङ्गलभित्र लगेका थिए । श्रीमतीलाई हात्तीले लगेको तत्काल उनका श्रीमान् शुकलालले अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए ।

त्यसपछि महिलाको खोजीका लागि डिभिजन वन कार्यालय झापाका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी जङ्गल पसेका छन् । घटना भएको चार घण्टा बित्न लाग्दा समेत महिला फेला परेको छैन, डिएसपी थापाले भने, खोजी कार्य जारी छ, जङ्गलभित्र महिलाको चप्पल, पोतेको झुत्तो र अलिकति कपालको गुजुल्टो फेला छ । महिला जीवित छिन वा मरिसकेकी छिन, अहिले नै केही भन्न नमिल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आश्विन १४, २०७८ बिहीबार  ५ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]