बैशाख २७, २०८२ शनिबार

डीआइजी बिसीद्वारा झापा ट्राफिकको नयाँ भवन अवलोकन

बिर्तामोड । प्रदेश १ का प्रहरी प्रमुख डीआइजी अरुण कुमार बिसीले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नवनिर्मित भवन र स्थानीय सहयोगीको सहयोगमा निर्माणाधीन कार्यालय परिसर घेराबाराको अबलोकन गरेका छन् ।

बिहीवार दिउँसो बिर्तामोड आएका डीआइजी बिसीले ट्राफिक प्रहरीको कार्यालय र कार्यालय परिसरको काम गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले स्थानीय समाजसेवीहरुको सहयोगबाट कार्यालय परिसर बनाउने कुराको प्रशंसा गरेका छन् ।

स्थानीय अगुवा सुवास भट्टराईको नेतृत्वमा बनेको निर्माण उपभोक्ता समितिले २५ लाखको लागतमा कार्यालय परिसरमा पेवर्स लगाउने, कम्पाउण्ड वाल निर्माण गर्नेछ । सोही कामको अनुगमनमा आएका प्रदेश प्रहरी प्रमुख बिसीसँगै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराई , ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सन्तोस आचार्य, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निशेष चापागाई, निर्माण उपभोक्ताको तर्फबाट भट्टराई र प्रसान्त भण्डारीको उपस्थिति रहेको थियो । अब एक महिनाभित्र काम सम्पन्न गर्ने अध्यक्ष भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन १४, २०७८ बिहीबार  ९ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]