बैशाख २७, २०८२ शनिबार

एमालेको विधान महाधिवेशन आजदेखि, पाँच हजार प्रतिनिधि सहभागी हुँदै

काठमाडौँ । नेकपा एमालेले आज (शुक्रबार) देखि विधान महाधिवेशन सुरु गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे ललितपुरको गोदावरीस्थित सनसाइज सभाहलमा विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। एमालेले प्रथम विधान महाधिवेशन गर्न लागेको हो।

एमालेले असोज १७ गतेसम्म विधान महाधिवेशन चल्ने बताएको छ। महाधिवेशनमा देशभरबाट गरी करिब पाँच हजार प्रतिनिधिहरू सहभागी हुने एमालेले जनाएको छ। विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, सङ्गठनात्मक प्रतिवेदनलगायतमा छलफल हुनेछ। हालै बसेको केन्द्रीय कमिटी बैठकले यी तीन वटा प्रतिवेदन विधान महाधिवेशनमा पेस गर्ने गरी पारित गरेको थियो।

प्रकाशित मिति : आश्विन १५, २०७८ शुक्रबार  ८ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]