बैशाख २९, २०८२ सोमबार

एमालेको पार्टी सदस्य छ लाख पुगेको दावी

काठमाडौं- नेकपा एमालेले पार्टी सदस्य छ लाख पुगेको बताएको छ । पार्टीको नवौँ महाधिवेशनमा दुई लाख ५६ हजार ७७२ जना पार्टी सदस्य रहेकामा अहिले त्यो संख्या बढेर छ लाख पुगेको जनाएको हो ।

प्रथम विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनमा एमालेका छ लाख सदस्य रहेको दाबी गरिएको छ । यस्तै, प्रतिवेदनमा पार्टी मुलुकको प्रमुख शक्तिका रूपमा केन्द्रीय सरकारलगायत राज्यका विभिन्न निकायको नेतृत्व गर्ने ठाउँमा पुगेपछि जनतासँगको सम्बन्ध विस्तार भएको र सोहीअनुरूप पार्टी सदस्यता संख्या पनि उल्लेखनीय वृद्धि हुँदै गएको बताइएको छ ।

पार्टीले ५ पुस २०७७ पछि पार्टीमा युवाको आकर्षण बढेको जनाएको छ । ती युवालाई व्यवस्थित कार्ययोजनासहित पार्टीको काममा जोड्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : आश्विन १६, २०७८ शनिबार  १० : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]