बैशाख २८, २०८२ आईतबार

विराटनगर काँग्रेसको सभापतिमा चापागाईँ निर्वाचित

काठमाडौँ । नेपाली काँग्रेस विराटनगर महानगर सभापतिमा दीपक चापागाईँ निर्वाचित भएका छन्। आज (आइतबार) बिहान आएको मत परिणाम अनुसार चापागाईँ २१२ मतसहित सभापति पदमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सन्तोष न्यौपानेले १६५ मत मात्रै प्राप्त गरेका थिए।

सभापति जितेका चापागाईँ काँग्रेस केन्द्रीय सदस्य शेखर कोइराला निकट हुन् भने पराजित भएका न्यौपाने सभापति शेरबहादुर देउवा निकट हुन्। सभापति पदमा उठेका कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत मात्रै प्राप्त गरेका थिए। उनीहरू दुवै जना शेखर कोइराला पक्षका हुन्।

यसैगरी महानगर समितिको उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी निर्वाचित भए। सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी भएका छन्।

प्रकाशित मिति : आश्विन १७, २०७८ आईतबार  ७ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]