चोरी मुद्धाका दुई फरार प्रतिवादी कारागार चलान
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले फरार दुई प्रतिवादीलाई पक्राउ गरि कारागार चलान गरेको छ । फैसला कार्यान्वय अन्तर्गत प्रहरीले पक्राउ गरेको दुवै प्रतिवादीलाई झापा जिल्ला अदालतले कारागार पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साविक तोपगाछी–५ का ३६ वर्षीय वीरु भन्ने बिक्रम लिम्बु र साविक शान्तिनगर गाविस वडा नं. १ का ६२ वर्षीय अग्नी लावतीलाई इलाका प्रहरी कार्यालय धुलावारी र प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले पक्राउ गरि झापा अदालतमा उपस्थित गराएको थियो । सर्वोच्च अदालतको आदेश अनुसार प्रतिवादीहरुलाई झापा कारागार चलान गरिएको छ ।
लिम्बुलाई नकबजनी चोरी मुद्धामा ९ महिना कैद र ५५ हजार २ सय जरिवाना तोकिएको छ भने लावतीलाई २० दिन कैद र ३१ सय २० रुपैयाँ जरिवाना तोकिएको छ । लावतीलाई साल जातको काठ चोरी निकासीमा मुद्धा परेको थियो ।