जेष्ठ १, २०८२ बुधबार

पैसा लुट्न मासु व्यवसायीको हत्या गरेको आशंका

बिर्तामोड । झापाको बिर्तामोड –५ महानन्द चोकमा आइतवार साँझ मासु व्यवसायी इन्द्र कुमार मगरको आफ्नै पसलभित्र हत्या भयो । लामो समयदेखि मासु व्यवसाय गर्दैै आएका मगरको कसैसँग रिसिवी नभएको परिवारले जनाएको छ ।


सबै ग्राहकसँग रेला, ठट्टा गर्ने मजाको व्यवसायी भएको जानकारहरु बताउँछन् । उनले आइतवार मात्रै २ वटा सुगुर काटेर विक्रि गरेका थिए । परिवारका अनुसार मगरसँग साथमा २ लाख भन्दा बढी रकम थियो । सधैं कारोवार गरेको रकम आफ्नै पसलमा राख्ने गरेका थिए । बंगुर फ्रेस हाउस चलाउदै आएका उनको घाटी र हातमा धारिलो हतियार प्रयोग भएको प्रहरीको भनाई छ ।

मगरका भाईले पैसा लुट्न कै लागि दाईको हत्या भएको जानकारी दिए । मगरको साथमा भएको पैसा पसलमा भेटिएन, उनका भाई भन्छन्, – मासु जोख्न लगाएर खुकुरी प्रहार भएको पाइयो । मगरको मासु पसल महानन्द चोकमै छ । बेलुका ८ बजेपछि घटना भएको प्रहरीको भनाई छ । हत्या अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिने प्रहरीको भनाई छ ।

प्रकाशित मिति : आश्विन २५, २०७८ सोमबार  १० : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]