असार २१, २०८२ शनिबार

एमाले अध्यक्ष ओली भोली बिर्तामोड आउँदै

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोली (बिहीवार) गृह जिल्ला झापा आउने भएका छन् ।
बडादशैं,तिहार, छठ र नेपाल संवतको पावन अवसरमा आयोजना गरिने शुभकामना आदान प्रदान तथा चिया पान कार्यक्रममा सहभागी हुन ओली गृह जिल्ला आउने झापाका पार्टी अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।

सो कार्यक्रममा जिल्लाका सबै राजनीतिक दलका नेता कार्यकर्तालाई निमन्त्रणा गरिने अध्यक्ष पाठकले जानकारी दिए । उनका अनुसार चाडवाडमा जिल्लाबासीका लागि शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गरिएको हो । अध्यक्ष पाठकले भने, त्यो दिन जिल्लाका सबै दलका नेताहरुसँग बसेर अध्यक्ष ओलीले शुभकामना आदान प्रदान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम बिर्तामोडको सिटी सेन्टरमा आयोजना गरिएको छ ।

प्रकाशित मिति : आश्विन २७, २०७८ बुधबार  ३ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]