जेष्ठ २, २०८२ बिहीबार

ताप्लेजुङका ‘भाईरल’ झाँक्रीको सर्पले ढसेर मृत्यु

ताप्लेजुङ, ३० असोज । ताप्लेजुङमा सर्पको टोकाइबाट एक युबकको निधन भएको छ । निधन हुनेमा फुङलिङ नगरपालिका–९ हाङदेवा निवासी लक्ष्मी घतानीका छोरा ‘भाइरल झाँक्री’ नामले परिचित २५ वर्षीय कृष्णबहादुर घतानी रहेका छन् ।

उनको जिल्ला अस्पताल ताप्लेजुङमा आज (शनिबार) विहान करिब २ बजेर ३१ मिनेटमा निधन भएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए । प्रनाउ राणाका अनुसार २ बजे अस्पताल भर्ना गरी उपचार गर्ने क्रममा निधन भएको हो ।
उनको शव आफन्तलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।

पूर्व सांसद सञ्चपाल मादेनका अनुसार घतानीलाई करिब हिजो बेलुकी ८ बजे सर्पले दाहिने हातको हत्केलामा डसेको थियो । सर्पले ड’स्ना साथ झारफुक गर्नका लागि एक जना साथीसहित मोटरसाइकलमा पुजारी कहाँ गएको र बीच बाटोमै मोटरसाइल बिग्रिएपछि पैदलमार्फत गएका थिए ।

झारफुक पश्चात पनि स्वास्थ्यमा थप समस्या देखिन थालेपछि अस्पताल लानका लागि गाडी समयमै नभेटिएको मादेनले बताए । हिजो टीकाका दिन सबै चालक छुट्टीमा भएकाले समयमै गाडी नपाइएको हो । समयमै गाडी नपाइएकाले पनि ज्यान बचाउन नसकिएको आफन्तले बताएका छन् । शवलाई भोलि असोज ३१ गते अन्त्यष्टि गर्ने पारिवारिक श्रोतले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ३०, २०७८ शनिबार  ११ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]