बैशाख २९, २०८२ सोमबार

अधिवेशनका लागि एमाले झापाका १०५ जना नेताले पाए जिम्मेवारी

झापा– नेकपा एमाले झापाले वडा र पालिका अधिवेशन गर्नका लागि १ सय ५ जना नेतालाई जिम्मेवारी दिएको छ ।

हिजो बसेको जिल्ला सचिवालय बैठकले कात्तिक ६ गते हुने वडा अधिवेशन र ९ गते हुने पालिका अधिवेशनका लागि ति नेताहरुलाई जिम्मेवारी दिएको जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो ।

पाठकका अनुसार मेचीनगरको संयोजकत्वमा हचिचरण बाँनिया पाँचजना सदस्य, बुद्धशान्ती गाउँपालिकामा लक्ष्मी कुमार राईको संयोजकत्वमा तीनजना सदस्य, विर्तामोड नगरपालिकामा रोमणी भट्टराईको संयोजकत्वमा सातजना सदस्यलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी अर्जुनधारा नगरपालिकामा खगेन्द्र नेपालको संयोजकत्वमा पाँच जना सदस्य, कनकाई नगरपालिकामा हिरा थापाको संयोजकत्वमा चारजना सदस्य तोकिएको छ ।

यसैगरी झापा गाउँपालिकामा भक्तबहादुर बाँनियाको संयोजकत्वमा तीनजना सदस्य, भद्रपुर नगरपालिकाको संयोजकमा यामबहादुर श्रेष्ठ सहित चार जना सदस्य रहेका छन् ।

यस्तै हल्दीबारी गाउँपालिकामा हरिचरण शिवाकोटीको संयोजकत्वमा चारजना सदस्य छन् । शिवसताक्षी नगरपालिकामा राजिव घिमिरेको संयोजकत्वमा चार जना सदस्यलाई जिम्मेवारी दिइएको छ ।

बाह्रदशी गाउँपालिकामा संयोजक पदम थापा सहित दुईजना सदस्य छन् ।कमल गाउँपालिकामा मेनुका काफ्लेको संयोजकत्वमा चार जना सदस्यलाई जिम्मेवारी दिएको छ । गौरादह नगरपालिकामा दिपक कार्कीको संयोजकत्वमा पाँचजनालाई जिम्मेवारी तोकिएको छ ।

गौरीगञ्ज गाउँपालिकामा कैलाश मास्केको संयोजकत्वमा चारजना सदस्यलाई जिम्मेवारी दिइएको छ । दमक नगरपालिकामा रोमनाथ ओलीको संयोजकत्वमा चारजना जिल्ला नेतालाई जिम्मेवारी दिइएको छ ।

कार्यालय सचिव शिव ढुंगेलका अनुसार पालिकाहरुको पार्टी कामलाई व्यवस्थित गर्न, पार्टी सदस्यता नविकरण गर्न, वडा कमिटी र पालिका अधिवेशनका लागि सहजिकरण गर्नका लागि जिल्ला नेताहरुलाई जिम्मेवारी दिइएको हो ।

बैठकले आगामी कात्तिक ७ गते माओवादी केन्द्र र अन्य पार्टी त्यागेर एमालेमा प्रवेश गर्न चाहनेहरुका लागि पार्टी प्रवेश कार्यक्रम राखेको छ । उक्त कार्यक्रमको व्यवस्थापन गर्न प्रेम गिरीको संयोजकत्वमा बद्रि भट्टराई, खगेन्द्र नेपाल र भूपेन्द्र न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : कार्तिक २, २०७८ मंगलबार  १ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]