भाटभटेनीले दियो इटहरीको प्रकोप कोषलाई ११ लाख
इटहरी । भाटभटेनी सुपरस्टोर इटहरीले इटहरी उपमहानगरपालिकाको प्रकोप कोषमा ११ लाख रकम हस्तान्तरण गरेको छ । भाटभटेनी सुपरस्टोरका प्रवन्ध निर्देशक मिन कुमार गुरुङका तर्फवाट प्रबन्धकद्वय लक्ष्मी गुरुङ र मायाँ रानामगरले इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीलाई ११ लाख रकमको चेक हस्तान्तरण गरेका छन् ।

विपद्का वेलामा बाढी पीडितको उद्धार,राहत र पूर्नस्थापनका लागि भाटभटेनीले गरेको सहयोगका लागि उपमहानगरका प्रमुख चौधरीले धन्यवाद ज्ञापन गरेका छन् ।
यसैगरी तिहार अघिनै बाढीले भत्काएका संरचना बनाइसक्ने समेत बताएका छन् । क्षतिको विवरण जिल्ला प्रशासन कार्यालय मार्फत संघीय सरकारमा पठाइने उनको भनाई थियो । स्थानीय सरकारको तर्फवाट वाढीपीडितले अनुभूत गर्ने गरि राहतका कार्यक्रम ल्याइने प्रमुख चौधरीको भनाई छ । भाटभटेनी सुपर स्टोरका प्रवन्ध निर्देशक मीन वहादुर गुरुङले भाटभटेनी यहाँसम्म आउनुको कारण नै आम उपभोक्ता भएकाले उपभोक्तालाई समस्या परेका बेला सहयोग गर्नु व्यवसायीको कर्तव्य रहेको बताए ।