एएफसी यू–२३ छनोटकाे दोस्रो खेलमा नेपालले आज ताजिकिस्तानसँग खेल्दै
काठमाण्डाै – एएफसी २३ वर्षमुनिको एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानसँग खेल्दै छ ।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल र ताजिकिस्तानबीचको खेल बेलुका पौने ८ बजे हुनेछ । आज नेपाल पहिलो अङ्कको खोजीमा हुनेछ । नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो । आज ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।
नेपालले अब आउँदो आइतवार लेबनानसँग खेल्नेछ ।