नेकपा एमाले बिर्तामोडको अध्यक्षमा ४ जनाको उम्मेद्वारी दर्ता
बिर्तामोड । नेकपा एमाले बिर्तामोडमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अघि बढेको छ । निर्वाचनका लागि मनोनय दर्ता सकिएको छ । सबै पदमा उम्मेद्वारी दर्ता भएको छ ।
बिर्तामोडको अध्यक्ष पदमा ४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । सुवास भट्टराई, उमानाथ ओली, नगेन्द्र संग्रौला र कृष्ण मिश्रले अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

नगर अध्यक्षका लागि १४ जना आकांक्षी थिए । त्यसमध्ये १० जनाले बुधबार साँझसम्म ‘ब्याक’ भएका थिए । आज विहानसम्म आइपुग्दा थप १ जना नन्दलाल खरेलले समेत अध्यक्षमा उम्मेद्वारी नदिने भएपछि ३ जनाले मात्रै उम्मेद्वारी दिए । अन्तिम समयमा मिश्रले उम्मेद्वारी दिएका हुन् । यस्तै, उपाध्यक्ष, सचिव, उपसिचवमा ५ जनाभन्दा बढीको उम्मेद्वारी परेको छ । निर्वाचन समयभन्दा अघि सहमति जुटेन भने बिर्तामोड एमालेमा निर्वाचन हुने निश्चित भएको छ ।