प्रदेश १ मा ९४ जनामा सङ्क्रमण
झापा – प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना सङ्क्रमण भएको छ । प्रदेशको सामाजिक मन्त्रालयका अनुसार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ७० र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको छ ।
पीसीआर परीक्षणका आधारमा मोरङमा २८, झापामा २१, सुनसरीमा २० र इलाममा एक जनामा सङ्क्रमण देखिएको हो । स्थानीय मालिकाके आधारमा मोरङको विराटनगरमा १९, रतुवामाई र सुन्दरहरैँचामा तीन-तीन, उर्लाबारी, कटहरी र लेटाङमा एक-एक, झापाको मेचीनगर, विर्तामोड र भद्रपुरमा तीन-तीन, गौरादह, अर्जुनधारा र दमकमा दुई-दुई, बुद्धशान्ति, कनकाई, गौरीगञ्ज, शिवसताक्षी र कमल गाउँपालिकामा एक-एक, सुनसरीको इटहरीमा १४, धरानमा तीन, इनरुवामा दुई, दुहवीमा एक र इलामको इलाम नगरपालिकामा एक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै २६ महिलासहित ६३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक महिलासहित पाँच जनाको मृत्यु भएको छ ।