नेकपा एमाले गौरीगञ्जमा सर्वसम्मत, अध्यक्षमा कुँवर
बिर्तामोड । नेकपा एमाले गौरीगञ्जले गोविन्द कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व पाएको छ । ९ गते उद्घाटन भएको प्रथम अधिवेशनपछि नयाँ नेतृत्वका लागि कसरत भएको थियो । निर्वाचन गर्न नदिने नेतृत्वको जोडपछि सर्वसम्मत कमिटी बनेको हो ।

यस्तै उपाध्यक्षमा राम कृष्ण पन्त, सचिव सर्वण गिरी, उपसचिवमा राजकुमार राजवंशी र कृष्ण महतो सर्वसम्मत भएका छन् । तीन दिनको छलफलले सर्वसम्मतबाट ७५ सदस्यीय पालिका कमिटी बनेका छ । अध्यक्ष कुँवरले शनिवार सपथ ग्रहण कार्यक्रम रहेको जानकारी दिए ।